काठमाडौं । चीनको एक्जिम बैंकसँग ऋण सम्झौतामा हस्ताक्षर भएपछि बहुप्रतीक्षित मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना सुरु भएको छ । २०७८ सालको असारमा लगानी बोर्डले वैदेशिक लगानीका लागि स्वीकृति दिए पनि ऋण सम्झौतामा ढिलाइ हुँदा अन्योल छाएको थियो ।
१३५ मेगावाटको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना सुरु
चीनको एक्जिम बैंक र मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाबीच ऋण सम्झौतासँगै आर्थिक व्यवस्थापन भएपछि निर्माण सुरु भएको हो । मनाङ–मस्र्याङ्दी जलविद्युत् कम्पनीमा नेपालको बुटवल पावर कम्पनीका साथमा चिनियाँ लगानीकर्ता एससीआईजी इन्टरनेसनल, सिन्चेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी र क्यूवाईसी इन्टरनेसनल कम्पनीको संयुक्त लगानी छ ।



