काठमाडौं : चालु आर्थिक वर्षको ४ महिनासम्ममा नेपालको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ बराबर रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा ०.२६ प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिमा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।
भन्सार विभागले आज सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको विवरण अनुसार ४ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड ८७ लाख रुपैयाँ बराबरको भएको छ । गत वर्षको यही अवधिमा ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । वैदेशिक व्यापार ०.५३ प्रतिशतले बढेको हो ।



