सरकार र एनआरएनको लगानी रहने संयुक्त इन्भेष्टमेन्ट कम्पनीलाई आईपीओ निष्कासन गर्ने खुल्यो बाटो


  • Himalayan Bank Limited (HBL)
सरकार र एनआरएनको लगानी रहने संयुक्त इन्भेष्टमेन्ट कम्पनीलाई आईपीओ निष्कासन गर्ने खुल्यो बाटो

काठमाडौं । गैरआवासीय नेपालीहरूलाई धितोपत्र बजारमा औपचारिक रूपमा प्रवेश गराउने उद्देश्यसहित धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौं संसोधन) निर्देशिका २०८१ जारी भएको छ ।  

संसोधित निर्देशिकाले सरकार र गैरआवासीय नेपालीहरूको मात्र लगानी रहने र उनीहरूबीच मात्रै शेयर कारोबार हुने व्यवस्थासहित संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको अवधारणा अगाडि सारेको छ । यससँगै संयुक्त इन्भेष्टमेन्ट कम्पनीलाई आईपीओ निष्कासन गर्ने बाटो खुलेको हो । 

त्यस्ता कम्पनीहरूले शेयर निष्कासनका लागि अपनाउनुपर्ने प्रक्रियाहरूको विषयमा निर्देशिकाले प्रष्ट व्यवस्था गरेको छ ।  जसअनुसार त्यस्ता कम्पनीहरूले जारी पूँजीको १० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी गैरआवासीय नेपालीको लागि मात्र शेयरको निष्कासन गर्नुपर्नेछ ।

नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानी रहने गरी इन्भेष्टमेन्ट कम्पनी खोल्नुपर्ने र त्यस्ता कम्पनीले निष्कासन गर्ने शेयर गैरआवासीय नेपालीले मात्र खरीद गर्न सक्ने प्रावधान छ । निर्देशिकाअनुसार संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले प्रिमियम थप गरी शेयर निष्कासन गर्न सक्ने छैन ।

Read More