सहकारीका समस्या सम्बोधन गर्न कानुन संशोधनको तयारी


  • Himalayan Bank Limited (HBL)
सहकारीका समस्या सम्बोधन गर्न कानुन संशोधनको तयारी

काठमाडौँ, मङ्सिर ७ गते ।  बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्नमाथि कानुनी कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले संस्थागत सुशासन र नियमनका लागि आधा दर्जन कानुन परिमार्जनको प्रक्रिया पनि अगाडि बढाएको छ । 

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनको सुझाव तथा तत्कालीन समस्या सम्बोधनका लागि कानुन संशोधनको तयारी गरिएको हो । संसद्को हिउँदे अधिवेशनमा विधेयक पेस गर्ने गरी विषय पहिचान भएका छन् । पछिल्लो समय बचत रकम हिनामिनामा संलग्नमाथि चरणबद्ध अनुसन्धान एवं सर्वसाधारणको बचत फिर्ताको प्रक्रिया सरकारले अगाडि बढाइरहेको छ । 

Read More