सार्वभौम क्रेडिट रेटिङको नतिजाले नेपाल लगानीका लागि उपयुक्त मुलुक हो भन्ने पुष्टि भयो : अर्थमन्त्री


  • Himalayan Bank Limited (HBL)
सार्वभौम क्रेडिट रेटिङको नतिजाले नेपाल लगानीका लागि उपयुक्त मुलुक हो भन्ने पुष्टि भयो : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले नेपालले प्राप्त गरेको क्रेडिट रेटिङले नेपाल लगानीका लागि उपयुक्त मुलुक हो भन्ने पुष्टि भएको बताएका छन्। उनले नेपालले पाएको क्रेडिट रेटिङले नेपालको अर्थतन्त्रको संरचना,सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको बताए ।  

शुक्रबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङ्गको नतिजाले नेपालको साख क्षमता (Credit Worthiness) उच्च रहेको बताउँदै वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र अन्तर्राष्ट्रिय वजारबाट ऋण लिनुपर्दा न्यून व्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको बताएका हुन्।

Read More