सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा समुद्घाटन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा समुद्घाटन

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले दार्चुला शाखाको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । महाकाली नगरपालिका वडा न. ४, खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगर प्रमुख श्री हंस राज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष श्री मंगल सिंह ठगुनाज्यूबाट आज मिति २०७६ साउन ९ गते समुद्घाटन सु–सम्पन्न भयो ।

समाजसेवी तथा वरिष्ठ चार्टड एकाउटेन्ट श्री भाष्कर सिह लालाज्यूको अध्यक्षतामा सम्पन्न उक्त क्रार्यक्रममा बिभिन्न सरकारी निकायका प्रमुखज्यूहरु, बिभिन्न राजनितीक दलका अध्यक्ष एवं प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो । हाल यस बैंकको कुल शाखा संख्या ८६ रहेको छ र बैंकको थप ५ शाखा उद्घाटन हुने क्रममा रहेका छन् । 

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा सुविधाको थालनी गरेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउँंदछौं । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

Read More
  • MBL - below news