कर्णालीमा खर्च नै हुँदैन बजेट, बढ्दै चालु खर्च : बेरुजु फछ्र्यौटमा भने सुधार, खोजी योजना बैंकको


  • Himalayan Bank Limited (HBL)
कर्णालीमा खर्च नै हुँदैन बजेट, बढ्दै चालु खर्च : बेरुजु फछ्र्यौटमा भने सुधार, खोजी योजना बैंकको

भेरीगङ्गा (सुर्खेत) । सङ्घीय संरचनाअनुसार प्रदेश सरकार गठन भएदेखि नै कर्णालीमा लक्ष्यबमोजिम विनियोजित बजेट खर्च हुन सकेको छैन । त्यति मात्र होइन प्रत्येक वर्ष विनियोजित सबै बजेट कार्यान्वयन नभएर फिर्ता हुने क्रम कायमै छ । कर्णाली प्रदेश लेखानियन्त्रक कार्यालयका अनुसार कर्णाली प्रदेश सरकारले समग्रमा दुईतिहाइसम्म मात्रै बजेट खर्च गर्न सकेको छ । 

कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४९ दशमलव १४ प्रतिशत बजेट खर्च गरेको सरकारले आव २०७७/७८ का लागि रु ३३ अर्ब ७४ करोड १३ लाख कूल बजेट विनियोजन गरेकोमा जम्मा ६५ दशमलव ५२ अर्थात् रु २२ अर्ब १० करोड ८६ लाख रकम मात्रै खर्च गर्न सक्यो । आव २०७८/७९ मा पनि सरकारले जम्मा बजेटको ६२ दशमलव ३७ प्रतिशत मात्रै खर्च गरेको थियो । आव २०७८/७९ मा सरकारले चालुतर्फ रु १४ अर्ब ८९ करोड २७ लाख २३ हजार र पुँजीगततर्फ रु २१ अर्ब १६ करोड ५३ लाख ९१ हजार गरी जम्मा रु ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रकम विनियोजन गरे पनि रु २४ अर्ब मात्रै खर्च भयो । 

Read More