नेपालको कन्ट्री रेटिङ रिपोर्ट सार्वजनिक भएको छ।
पहिलो पटक नेपालले कन्ट्री रेटिङ गराएकोमा बी.बी माइनस अंक पाएको छ। यो भनेको बी प्लसभन्दा राम्रो हो।
नेपालको कन्ट्री रेटिङ विश्वप्रसिद्ध क्रेडिट रेटिङ संस्था 'फिच रेटिङ'ले गरेको हो। केही समय अघि सार्वजनिक गरेको संक्षिप्त विवरणअनुसार तुलनात्मक रूपमा नेपालको रेटिङ राम्रो भएको देखिएको छ।
अर्थका अधिकारीहरूले अपेक्षाभन्दा राम्रो नतिजा आएको बताएका छन्।



