६ मंसिर, काठमाडौं । नेपालको आन्तरिक राजस्व संकलन लागत वृद्धि भएको छ । लक्ष्यको तुलनामा राजस्व संकलन कम हुनु र चालु खर्च बढ्दा राजस्व संकलन लागत बढ्न पुगेको छ ।
पछिल्लो दुई आर्थिक वर्षयता लागत क्रमशः उकालो लागेको आन्तरिक राजस्व विभागको तथ्यांकमा देखिन्छ । विभागले आर्थिक वर्ष २०८०/८१ मा ५ खर्ब ३३ अर्ब ३ करोड राजस्व संकलन गरेको छ ।



