चार लघुबीमा कम्पनीले कुल ९० लाख कित्ता आईपीओ निष्कासन गर्ने, सेबोनमा दिए निवेदन


  • Himalayan Bank Limited (HBL)
चार लघुबीमा कम्पनीले कुल ९० लाख कित्ता आईपीओ निष्कासन गर्ने, सेबोनमा दिए निवेदन

काठमाडौं । चार लघुबीमा कम्पनीहरूले कुल रू. ९० करोड बराबरको आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । 

चारओटै कम्पनीले नेपाल बीमा प्राधिकरणबाट प्रारम्भिक अनुमति लिइ सेबोनमा निवेदन दिएका हुन् । सेबोनबाट स्वीकृति पाएपछि यी कम्पनीले आईपीओ निष्कासन गर्नेछन् ।

Read More