विश्व बैंकको १७ अर्ब सहयोगमा प्रादेशिक र स्थानीय सडक सञ्जाल सुधारको पहिलो चरणको काम सुरु


  • Himalayan Bank Limited (HBL)
विश्व बैंकको १७ अर्ब सहयोगमा प्रादेशिक र स्थानीय सडक सञ्जाल सुधारको पहिलो चरणको काम सुरु

काठमाडौं : विश्व बैंकको १२८ मिलियन डलर अर्थात १७ अर्ब १५ करोड सहयोगमा नेपाल सरकार र विश्व बैंकले संयुक्त रुपमा प्रादेशिक र स्थानीय सडक सुधार परियोजनाको पहिलो चरणको काम शुभारम्भ गरेका छन् । सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्रीहरुको उपस्थितिमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले आयोजनाको शुभारम्भ गरेका हुन् ।

परियोजनाले नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जालको कनेक्टिभिटी र सुरक्षा अभिवृद्धि गर्नुका साथै सडक सञ्जाल व्यवस्थापनमा सरकारको क्षमतालाई सुदृढ गर्ने लक्ष्य राखेको छ । सहरी विकास मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा यो कार्यक्रम कार्यान्वयन गर्नेछ । 

Read More