लघुवित्तको अत्यासलाग्दो तस्वीरः १९ प्रतिशतसम्म खराब कर्जा, ईपीएस माइनस ७५ रुपैयाँ


  • Himalayan Bank Limited (HBL)
लघुवित्तको अत्यासलाग्दो तस्वीरः १९ प्रतिशतसम्म खराब कर्जा, ईपीएस माइनस ७५ रुपैयाँ

६ मंसिर, काठमाडौं । बुधबार धितोपत्रको दोस्रो बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य कित्ताको ५ हजार १ सय रुपैयाँ पुगेर बन्द भयो । यस्तै समाज लघुवित्तको सेयर प्रतिकित्ता ३ हजार ५ सय ९७ मा बन्द भयो ।

दुवै लघुवित्तले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकशित गरेका छन् ।

६ करोड ८६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको आत्मनिर्भर लघुवित्तले प्रथम त्रैमासमा ४३ लाख ५३ हजार रुपैयाँले नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ ।

Read More