औद्योगिक कम्पनी सर्वाधिक दर्ता, दोस्रोमा शिक्षा


  • Himalayan Bank Limited (HBL)
औद्योगिक कम्पनी सर्वाधिक दर्ता, दोस्रोमा शिक्षा

काठमाडौं– मुलुकमा दर्ता भएका कम्पनीमध्ये औद्योगिक क्षेत्रमा काम गर्ने आशयसहित दर्ता भएका कम्पनी सर्वाधिक बढी छन् । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार गत आर्थिक वर्षसम्म दर्ता भएका साढे तीन लाख कम्पनीमध्ये प्रमुख क्षेत्र उद्योग रहेका कम्पनी सर्वाधिक छन् । दोस्रोमा शिक्षा र तेस्रोमा कृषि तथा चौथोमा स्वास्थ्य क्षेत्रमा काम गर्ने कम्पनी रहेका छन् ।

कार्यालयका अनुसार आव २०८०–८१ सम्ममा कुल ३ लाख ४२ हजार ३४ कम्पनी दर्ता भएका छन् । यसमध्ये प्रमुख क्षेत्र उद्योग राखेर दर्ता भएका कम्पनीको संख्या ५४ हजार ७८० रहेको छ । दोस्रो स्थानमा रहेको शिक्षा क्षेत्र प्रमुख कार्यक्षेत्र रहेका कम्पनीको संख्या ३० हजार १८३ रहेको छ भने कृषि प्रमुख कार्यक्षेत्र रहेका कम्पनीको संख्या २७ हजार ४०५ रहेको छ । यस्तै, स्वास्थ्य प्रमुख क्षेत्र रहेका कम्पनीको संख्या १४ हजार ७ सय २८ रहेको तथ्यांक छ । विभागका सूचना अधिकारी उपरजिष्ट्रार सूर्यप्रसाद चापागाईंका अनुसार प्रमुख चार क्षेत्रलाई मुख्य उद्देश्य राखेर कम्पनी दर्ता हुने गरेका छन् । गत आवसम्ममा ३ लाख ३० हजार २३३ प्राइभेट कम्पनी दर्ता भएको तथा यस अवधिमा दर्ता भएका पब्लिक लिमिटेडको संख्या भने २ हजार २०२ मात्र रहेको उनले जानकारी दिए ।

Read More