आईपीओ पाइपलाइनमा एकैपटक ४२ कम्पनी थप, अब कुल ७७ कम्पनीका आईपीओ पर्खाइमा


  • Himalayan Bank Limited (HBL)
आईपीओ पाइपलाइनमा एकैपटक ४२ कम्पनी थप, अब कुल ७७ कम्पनीका आईपीओ पर्खाइमा

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ निष्कासनका लागि आवेदन दिएका ४२ नयाँ कम्पनीको सूची सार्वजनिक गरेको छ। यी कम्पनीहरूले लामो समयदेखि आवेदन दिएर प्रतीक्षामा रहेका थिए। अब, बोर्डको आईपीओ पाइपलाइनमा कुल ७७ कम्पनी पुगेका छन्।

नयाँ थपिएका ४२ कम्पनीले १५ करोड ४५ हजार २६९ कित्ता सेयर निष्कासन गर्नेछन्, जसबाट १७ अर्ब ९० करोड ४९ लाख ९५ हजार ५० रुपैयाँ जुट्ने अपेक्षा गरिएको छ। यी मध्ये अधिकांश कम्पनीले प्रति सेयर १०० रुपैयाँमा सेयर जारी गर्नेछन्। केही कम्पनीले प्रिमियम दरमा सेयर जारी गर्ने तयारी गरेका छन् भने एक कम्पनीले प्रति सेयर ५० रुपैयाँमा आईपीओ जारी गर्ने जनाएको छ।

Read More