काठमाडौँ — विभिन्न क्षेत्रका विज्ञहरुले अवैध क्रसर रोक्न सुझाव दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधवार भएको छलफलमा पूर्वाधार, जलस्रोत, जलवायू लगायत विभिन्न क्षेत्रसंग सम्बद्ध विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।
भौतिक मन्त्री देवेन्द्र दाहालको उपस्थितिमा भएको छलफलमा संरचना विज्ञ राजन सुवालले खोला–नदीको प्राकृतिक बहावलाई रोकेर कुनै पनि संरचना निर्माण गर्न नहुने बताए ।


