त्रिभुवन अन्तर्राट्रिय विमानस्थल परिसरमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो स्थानान्तरण गरिने भएको छ।
विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्श नजिकै गुह्येश्वरीमा डिपो स्थानान्तरण गरिने भएको हो।
बुधबार एक कार्यक्रम गर्दै निगमले अत्याधुनिक प्रविधि सहितको डिपो निर्माणका लागि विस्तृत संभाव्यता अध्ययन (डिपिआर) गर्न नेपाल इञ्जिनियरिङ संस्थान, पुल्चोकसँग सम्झौता गरेको छ।



