पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियो


  • Himalayan Bank Limited (HBL)
पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियो

काठमाडौँ — चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब रुपैयाँ सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ प्रतिशत नाघेको हो ।

'चालु आवको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेकामा कात्तिक मसान्तसम्ममा ८३ अर्ब ९५ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ,' कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, 'जुन कुल जीडीपीको ४४ दशमलव १४ प्रतिशत हुन आउँछ ।'

Read More