काठमाडौं : श्रीलंका सेयर बजार अल टाइम हाई विन्दु नजिक पुगेको छ । त्यहाँको कोलम्बो स्टक एक्सचेन्जको 'एएसपीआइ' बेन्चमार्क १३ हजार १९९ विन्दुमा कारोबार हुँदैछ । त्यसैगरी, एसएन्डपी एसएल २० सूचकांक यो समचार तयार पार्दै गर्दा (१ बजेर ३० मिनेट)मा ३ हजार ९१७ विन्दुमा कारोबार हुँदैछ ।
यसअघि सन् २०२२ को जनावरीमा एएसपीआइ सूचकांक १३ गहार ५९३ विन्दुसम्म पुगेको थियो । त्यसपछि भने मार्केटमा निकै ठूलो गिरावट आएको देखिएको छ । सूचकांक ६ हजार ६८० अंकसम्म झरेको थियो । अहिले सोही विन्दुबाट बजार बढेको छ । हालसालै सम्पन्न संसदीय चुनावपछि राजनीतिक स्थिरता र नयाँ सरकारद्वारा आर्थिक सुधारको सम्भावनाप्रति लगानीकर्ता आशावादी देखिएका छन् ।



