नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आगामी साता मात्रै हुने भएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याँक मंगलबार सार्वजनिक गरेको भएपनि समीक्षा भने आगामी साता मात्रै गर्ने तयारी गरेकाे छ।
"मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको लागि १५ गते सम्मको समय छ", राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट्ले भने "यो साता समीक्षा आउने सम्भावना छैन।" उनका अनुसार राष्ट्र बैंकले आगामी साता मात्रै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने छ।
राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको तयारी भने थालिसकेको छ। पहिलो तीन महिनाको तथ्याँक आउने वित्तिकै मौद्रिक नीतिको समीक्षाको तयारी थालिएको हो।
पहिलो तीन महिनाको तथ्याँकले राष्ट्र बैंकलाई नीतिगत लचकता अपनाउन अझै स्पेस दिएको छ। बाह्य क्षेत्र निकै मजबुद देखिएको छ। तर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले कुनै ठूला नीतिगत परिवर्तन नगर्ने देखिएको छ। तीन महिनामा मौद्रिक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले अहिले आफ्नो नीतिहरुलाई यथावत नै राख्ने बुझिएको छ।



