औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तरकारीको भाउ सबैभन्दा महँगो


  • Himalayan Bank Limited (HBL)
औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तरकारीको भाउ सबैभन्दा महँगो

काठमाडौँ — गत असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ४.८२ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर ७.५० प्रतिशत थियो ।

उक्त अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.४९ प्रतिशत छ । गत वर्ष सोही मूल्यवृद्धि क्रमशः ८.४८ प्रतिशत र ६.८५ प्रतिशतले वृद्धि भएको थियो ।

गत असोजमा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २५.१५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशत र घ्यू तथा तेलको ४.९८ प्रतिशतले बढेको छ ।

Read More