काठमाडौं : चालु आर्थिक वर्षको पहिलो ३ महिना अर्थात साउनदेखि असोजसम्म धितोपत्र बजारमा ५ अर्ब १५ करोड मूल्य बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालु आवको ३ महिनामा ३ अर्ब ४३ करोड बराबरको बोनस सेयर, १ अर्ब ७२ करोड बराबरको हकप्रद सेयर र ४७ लाख बराबरको एफपीओ धितोपत्र बजारमा सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ६ करोड बराबरको हकप्रद सेयर र ७० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ४ अर्ब ७६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । धितोपत्र बोर्डको अध्यक्ष चयन हुन नसक्दा विगत ९ महिना यतादेखि प्राथमिक सेयर निष्कासन भने ठप्प रहेको छ ।



