आईपीओ निष्काशन प्रकृया अगाडि बढाउन रिलायन्सको माग, के भन्छ धितोपत्र बोर्ड ?


  • Himalayan Bank Limited (HBL)
आईपीओ निष्काशन प्रकृया अगाडि बढाउन रिलायन्सको माग, के भन्छ धितोपत्र बोर्ड ?

रिलायन्स स्पिनिङ्ग मिल्सले सर्वसाधारणलाई सार्वजनिक शेयर निष्काशनको बाटो खोलिदिन नेपाल धितोपत्र बोर्ड लगायतका निकायलाई अनुरोध गरेको पाइएको छ। विभिन्न छानविन निकायबाट 'क्लिन चिट' पाएकाले अब आफुहरुलाई आइपीओ ल्याउने बाटो खोलिदिनुपर्ने रिलायन्सको निवेदनमा उल्लेख भएको जनाइएको छ। 

सबै क्षेत्रबाट रिलायन्सको नेटवर्थ र वित्तिय अवस्था सहि भएको पुष्टि भएकाले अब सर्वसाधारणको लागि साधारण शेयर आइपीओ ल्याउने बाटो खोलि दिन आग्रह गरिएको कम्पनीको निवेदनमा उल्लेख छ। 

रिलायन्सले प्रस्तुत गरेको वित्तिय विवरण यथार्थपरक नभएको भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन), केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबि), संसदीय समिति तथा अदालतमा उजुरी परेको थियो। उजुरी परेका सबै निकायबाट रिलायन्सले पेश गरेको वित्तिय विवरण सहि भएको भन्दै रिलायन्सको पक्षमा फैसला भएको छ। 

Read More