चीन निर्यात हुन थाल्यो नेपाली चिया


  • Himalayan Bank Limited (HBL)
चीन निर्यात हुन थाल्यो नेपाली चिया

विराटनगर — युरोप र अमेरिकी मुलुकमा नेपाली अर्थोडक्स चिया चखाइरहेको इलामको गोर्खा टी इस्टेटले पहिलो पटक छिमेकी देश चीनमा चिया निर्यात थालेको छ । चियाको सबैभन्दा ठूलो बजार रहेको चीनमा निर्यात सुरु भएपछि पूर्वका चिया उद्यमी हौसिएका छन् । 

यसअघि चिनियाँ व्यवसायीले व्यक्तिगत रूपमा किनेर लैजाने गरेका थिए । तर गोर्खा टी इस्टेटले औपचारिक रूपमा निर्यात गरेको पहिलो पटक हो । मेची भन्सार कार्यालयका अनुसार आइतबार पूर्वी नाकाबाट कोलकाता हुँदै करिब ७० लाख मूल्यको ६ हजार ३ सय ६२ किलो चिया चीन निर्यात भएको हो । चीनको स्प्रिङ टी लिमिटेडले चिया किनेको हो ।

Read More