चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिकमा देशभर ३३ हजार पाँच सय संख्यामा घरजग्गा कारोबार भएको छ।
यस अघिका तीन महिना (साउन, भदौ र असोज) मा भएको कारोबारलाई आधार मान्ने हो भने कात्तिकमा भएको घरजग्गा कारोबार सामान्य मानिन्छ।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार असोजको तुलनामा कात्तिकमा भएको कारोबार ९.७८ प्रतिशत बढी हो। असोजमा देशभर ३० हजार पाँच सय २७ संख्यामा घरजग्गा कारोबार भएको थियो।
तर, भदौको तुलनामा कात्तिकमा भएको कारोबार स्थिर नै देखिन्छ। भदौमा देशभर ३२ हजार ७ सय संख्यामा घरजग्गा कारोबार भएको थियो।



