१७ खर्बको बजेटमा १५ अर्ब बेरुजु


  • Himalayan Bank Limited (HBL)
१७ खर्बको बजेटमा १५ अर्ब बेरुजु

सरकारको करिब साढे १७ खर्बको बजेटमा करिब १५ अर्ब रूपैयाँ बेरुजु देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयले गरेको आर्थिक वर्ष २०८०/८१ को एकीकृत आन्तरिक लेखा परीक्षणमा १४ अर्ब ९७ करोड ४३ लाख रूपैयाँ बेरुजु रहेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को व्यवस्था अनुसार महालेखा नियन्त्रक कार्यालयले लेखापरीक्षण गरेको थियो।

आर्थिक वर्ष २०८०/८१ मा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रूपैयाँको आन्तरिक लेखा परीक्षणमा बेरुजु औंल्याइएको छ। महालेखाका अनुसार राजस्वतर्फ चार करोड २८ लाख, कार्य सञ्चालन कोषतर्फ ३५ करोड ८४ लाख रूपैयाँ र म्याद नाघेको पेश्की १० अर्ब ४५ करोड रूपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ।

Read More