काठमाडौँ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म १५ अर्ब ५९ करोड १६ लाख १५ हजार रुपैयाँको ११ करोड ५५ लाख ५० हजार लिटर तेल आयात भएको छ । गत आर्थिक वर्ष (२०८०/८१) को असोज मसान्तसम्म १३ अर्ब १७ करोड ८९ लाख २३ हजार रुपैयाँको ९ करोड ५७ लाख ५५ हजार लिटर तेल आयात भएको थियो ।
यसअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा २ अर्ब ४१ करोड २७ लाख रुपैयाँभन्दा बढीको तेल आयात भएको देखिन्छ ।



