मौद्रिक नीतिको आवधिक समीक्षा अन्तिम चरणमा पुगेकाे छ, कन्ट्री रेटिङ पनि चाँडै सार्वजनिक गर्छाैंः अर्थमन्त्री पौडेल


  • Himalayan Bank Limited (HBL)
मौद्रिक नीतिको आवधिक समीक्षा अन्तिम चरणमा पुगेकाे छ, कन्ट्री रेटिङ पनि चाँडै सार्वजनिक गर्छाैंः अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका वाह्य सूचकहरु सकारात्मक रहेको बताएका छन् ।

आईतवार नेपाल राष्ट्र बैंकको २०८०/८१ को वार्षिक प्रतिवेदन बुझ्ने कार्यक्रममा बोल्दै यस्तो बताएका हुन । उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन,रेमिट्यान्स,मुद्रास्फीति समेत सिमाभित्रै नियन्त्रणमा रहेको बताए।

उनले राष्ट्र बैंकले अवलम्वन गरेको मौद्रिक नीतिको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको दाबी गरे । उनले पछिल्लो समय बैंकको तरलता र ब्याजदरमा सुविधाजनक अवस्थामा रहेको बताए ।

अर्थमन्त्री पौडेलले ब्याजदरको सहजतालाई उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी सदुपयोग र अभिप्रेरित कसरी गर्ने प्रश्न उब्जिएको उल्लेख गरे । ब्याजदरको सहजतालाई उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी सदुपयोग गर्ने विषयमा राष्ट्र बैंकको ध्यान जानुपर्ने उनको भनाई छ ।

उनले राष्ट्र बैंकले मौद्रिक नीतिको आवधिक समिक्षा पनि अन्तिम चरणमा पुगेको भन्दै अर्थतन्त्रको अवस्थालाई ब्याख्या र विवेचना गरेर उचित निर्णयमा पुग्ने आशा रहेको बताए । उनले बैंकहरुमा तरलता सहज र ब्याजदर घटेको भन्दै अर्थतन्त्रका केही सूचकहरुलाई सरकारले सकारात्मक रुपमा लिएको बताए । उनले नेपालमा पहिलो पटक कन्ट्री रेटिङको काम सकेको बताए ।

उनले सम्बन्धित संस्थाले केही समयभित्रै कन्ट्री रेटिङको सम्बन्धित प्रतिवेदन सार्वजनिक गर्ने बताए। उनले कन्ट्री रेटिङको प्रतिवेदनमा नेपालको अर्थतन्त्रको वास्तविकता कन्ट्री रेटिङमा ठिक ढङ्गले समावेश हुने विश्वास रहेको बताए । उनले मुलुकको अर्थतन्त्रमा केही चुनौतीहरु देखापरेको बताए ।

Read More