काठमाडौं । देउराली बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समेत रहेका रविन्द्र चौलागाईंसहित ४ जनाविरुद्ध सरकारी कागजात किर्ते गरि ऋण लिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यलयले जिल्ला अदालत ललितपुरमा बैंकिङ कसूर मुद्दामा अभियोगपत्र दर्ता गरेको छ ।
ब्युरोले चौलागाईंसहित उनकी पत्नी पूजा खत्री, राजेन्द्र खत्री र मनोज भण्डारीलाई आन्तरिक राजस्व कार्यलयको कर चुक्ता पत्रहरू किर्ते गरि तत्कालीन सेन्चुरी बैंकबाट २ अर्ब ३० करोड ८१ लाख ऋण लिएको भन्दै मुद्दा दायर गरेको हो ।



