चौमासमा सरकारी वित्त : आम्दानी र खर्च दुवैमा दबाब


  • Himalayan Bank Limited (HBL)
चौमासमा सरकारी वित्त : आम्दानी र खर्च दुवैमा दबाब

काठमाडौँ — पुँजीगत खर्चमा बढोत्तरी, राजस्व संकलनमा सुधार गर्नेलगायत प्रतिबद्धता सरकारले पटक–पटक दोहोर्‍याउँदै आए पनि यस वर्षको चार महिनासम्म सरकारी वित्तमा अपेक्षित सुधार हुन सकेको छैन । गत वर्षको चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा रकमका आधारमा राजस्व संकलन र पुँजीगत खर्चमा सामान्य सुधार देखिए पनि सरकारबाट नागरिकको अपेक्षा धेरै रहेकाले अहिलेको उपलब्धि नगण्य रहेको अर्थविद् बताउँछन् । 

चालु आर्थिक वर्षको चार महिनासम्ममा सरकारले ३४ अर्ब ५३ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ । यो वार्षिक लक्ष्यको ९.८ प्रतिशत मात्र हो । गत वर्षको चार महिनामा सरकारले २९ अर्ब ९८ करोड अथवा वार्षिक लक्ष्यको ९.९३ प्रतिशत पुँजीगत खर्च गरेको थियो । यस वर्ष सरकारले पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

Read More