आम जनता पार्टी (आजपा) ले सरकार विरुद्ध शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ। भ्रष्टाचार विरुद्ध आजै मधेस प्रदेशमा मधेस यात्रा सुरु गरेको आजपाले सरकारको मनोमानी कर विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको हो।
आजपाको काठमाडौँ उपत्यका विशेष कमिटीको आयोजनामा ‘सरकारको मनपरी कर आतंक विरुद्ध प्रदर्शन’ कार्यक्रम काठमाडौंको शान्तिबाटिबाट सुरु भई पुनः सोही ठाउँमा पुगेर समापन भएको हो ।
जनताले तिरेको कर कहाँ छ ?, भ्रष्टाचार गरि सके छ, ‘कर ज्यादती विरुद्ध एक होऔँ, मनोमानी कर खारेज गरौँ, सरकारको अनावश्यक कर हटाऊ, उद्योग, व्यवसाय चलाउने वातावरण बनाऊ, दल तन्त्रको अन्त्य गरौँ, जनताको लोकतन्त्र बहाली गरौँ, लुटेरा सरकार मुर्दावाद,आम जनता पार्टी जिन्दाबाद, कर आतंक बन्द गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शनकारीले प्रदर्शन गरेका छन्।


