मङ्सिर २ गते आइतबार, मार्गशीर्ष कृष्णपक्ष द्वितीया तिथि
मेष
व्यवसायबाट उचित लाभको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्।
बृष
विगतका कमीकमजोरीलाई पनि सुधार गरी नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ।
मिथुन
समयमा उचित ध्यान नदिँदा खर्च बढ्नेछ। समयको प्रतिकूलताले काम बिग्रन सक्ने भएकाले सचेत रहनुहोला।
कर्कट
नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
सिंह
कृषि, पशुपालन तथा पेसा–व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ।
कन्या
प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय लाग्नेछ।
तुला
लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ।
वृश्चिक
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।
धनु
स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ।
मकर
अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय लाग्न सक्छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्।
कुम्भ
तत्काल फाइदा नहुने काममा समय बित्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ।
मीन
छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोतसाधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ।



