काठमाडौँ । नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु भएपछि भारतीय पक्षले यसको स्वागत गरेको छ । आज (नोभेम्बर १५) मा नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यातको उद्घाटन गरिएको हो ।
विद्युत् निर्यातको उद्घाटन भर्चुअल रूपमा तीन देशका ऊर्जामन्त्रीले गरेका थिए । उद्घाटनसँगै आज राति १२ बजेसम्म नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुनेछ । यससँगै नेपाल–बंगलादेशबिच विद्युत् व्यापारको औपचारिक सुरुवात भएको छ । भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसले ऊर्जाको क्षेत्रीय कनेक्टिभिटी बढाउन भूमिका खेल्ने प्रतिक्रिया दिएको छ ।



