मकवानपुर — हेटौंडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कामा नसकिएकाले सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने भएको छ । मर्मतमा आन्तरिक पक्षबाट ढिलाइ हुँदा सिमेन्ट पुनः उत्पादन गर्न अझै डेढ महिना लाग्ने उद्योग व्यवस्थापन कार्यालयले जनाएको छ ।
बिग्रिएका उपकरण मर्मत तालिकाअनुसार दसैँअघि सिमेन्ट उत्पादन बन्द गरिएको थियो । हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योगलाई नियमित सञ्चालन गर्नेसम्बन्धमा प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आर्थिक अवस्थाका बारेमा जानकारी गराएको बताए । उनले उद्योगमा आइपरेको आर्थिक सङ्कट उत्पादन रोकिएको भन्दै वैकिल्पक आर्थिक स्रोत जुटाएर कच्चापदार्थ, कोइला आपूर्ति गरी सञ्चालन गरिने बताए ।


