मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन


  • Himalayan Bank Limited (HBL)
मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंक फेरि मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न बैंक व्यवस्थापनलाई निर्देशन दिएका छन् ।

शुक्रवार काठमाडौंमा भएको नेपाल बैंक लिमिटेडको ८८ औं वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले बैंकको बोर्ड र प्रमुख कार्यकारी अधिकृतलाई यस्तो निर्देशन दिएका हुन । उनले कार्यक्रममा कर्मचारी टेड युनियनका प्रतिनिधिहरुले उठाएका विषयहरु गम्भिर रहेको भन्दै गभर्नर अधिकारीले यस्तो निर्देशन दिए । उनले नेपाल बैंक राज्यको ठूलो लगानीको साथै विदेशी ऋणमार्फत रिकर्भर गरिएको स्मरण गर्दै आगामी दिनमा फेरि मिस म्यानेजमेण्ट भएको विषय सुन्नु नपर्ने गरी काम गर्न आग्रह गरे । उनले नेपाल बैंकलाई राज्य ठूलो मेहनत गरेर रिकभरपछि बनेका बैंकिङ नीति र गाइडलाइन कार्यान्वयन गर्न नयाँ जनशक्ति बैंकभित्र आएपछि नेपाल बैंक र वाणिज्य बैंकलाई नयाँ रुप दिएको बताए । उनले विगतका गलत व्यवस्थापन हटेर नयाँ किसिमले बैंक अगाडि बढिसकेको भन्दै अब फेरि बैंकलाई त्यो बाटोमा जान रोक्न नेपाल राष्ट्र बैंकले नियमन गर्नुपर्ने स्थिति नल्याउन आग्रह गरे।

उनले भने,‘नेपाल राष्ट्र बैंकले ग्राहक व्यवस्थापनको लागि छुट्टै मेकानिजम बनाइरहेका छौं । उपभोक्ता संरक्षण सम्बन्धि छुट्टै डिभिजन छ । जसले प्रोडिन्सियल सुपरभिजनका साथै मार्केट कन्डक्ट सुपर भिजन गर्न शुरु गरेका छौं । बैंकहरुले ग्राहकहरुलाई नचाहिँदो किसिमको दुःख हुने किसिमको टर्चर भइरहेको सुनिन्छ । बैंक तथा वित्तीय संस्थाका कार्यालयहरुलाई मार्केट कन्डक्ट सुपर भिजनको सचेतना आवश्यक छ । कर्मचारी युनियनका साथीहरुलले बैंकका विषयमा राखेका विषयहरु गम्भिर रहेका छन् । नेपाल बैंकलाई राज्य ठूलो मेहनत गरेर रिकभर गरेको थियो । विदेशी ऋण समेत लिएर रिकर्भर गराएको हो । त्यसपछि जस्ता किसिमका बैंकिङ नीति र गाइडलाइन बने त्यसलाई कार्यान्वयन गर्न नयाँ जनशक्ति बैंक भित्र आयो । नेपाल बैंक र वाणिज्य बैंकलाई नयाँ रुप दिएको हो । विगतका गलत व्यवस्थापन हटेर नयाँ किसिमले बैंक अगाडि बढी सकेको हो । अब फेरि बैंक मिस म्यानेजमेण्ट हुँदैछ । भन्ने कुरा हामीले सुन्न नपरोस् । बैंकको बोर्ड र बैंकको प्रमुख कार्यकारी अधिकृतलाई हार्दिक अनुरोध हो । भोलिको दिनमा यो कुरालाई नेपाल राष्ट्र बैंकले नियमन गर्न नपरोस् । यस्ता कुराले कर्मचारीको मनोबललाई असरपार्छ ।’

Read More