३० कात्तिक, जापान । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले विश्वको चौथो ठूलो अर्थतन्त्रका रुपमा जापानले फड्को मार्ने प्रयास गरिरहेको बताइरहँदा तेस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर सुस्त भएको सरकारी तथ्यांकले देखाएको छ ।
जापानमा दशकौँ यताकै सबैभन्दा भीषण आँधी र ‘महाभूकम्प’ को सरकारी चेतावनीले यस गर्मीयाममा औद्योगिक उत्पादन र अन्य आर्थिक गतिविधिमा असर पारेको छ । मन्त्रिपरिषद्को कार्यालयको प्रारम्भिक अध्ययनले जुलाई र सेप्टेम्बरको बीचमा देशको वृद्धिदर ०.२ प्रतिशतले बढेको र यसले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा वृद्धि गर्ने जापानको लक्ष्यलाई सम्बोधन गर्न नसक्ने देखिएको छ ।



