नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाले फेरि आंशिक रूपमा आप्रवासी श्रमिक लैजान थालेको छ।
म्यानपावर व्यवसायीहरूको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलका अनुसार अहिले मलेसियाले कृषि, प्लान्टेसन, मार्ट तथा सेक्युरिटी गार्ड गरी चार क्षेत्रमा श्रमिक लैजान सुरू गरिसकेको छ।
बंगलादेश लगायत अन्य मुलुकले श्रमिक पठाउन थाले पनि मलेसिया स्थित नेपाली दूतावासले भने त्यहाँको मागपत्र प्रमाणीकरण नगरिदिएका कारण नेपाली श्रमिक पठाउन नसकिएको व्यवसायी भुर्तेलले बताए।



