गाभिए ब्रोकरका दुई संगठन


  • Himalayan Bank Limited (HBL)
गाभिए ब्रोकरका दुई संगठन

पुराना र २०७९ सालबाट सञ्चालनमा आएका नयाँ ब्रोकरहरूको अलग–अलग संगठन रहँदै आएकोमा यी दुई ब्रोकर संगठनबीच मर्जर भएको छ।

हाल सञ्चालनमा रहेका स्टक ब्रोकर्स एसोसिएसनका र धितोपत्र ब्रोकर्स एसोसिएसनबीच मर्जर सझौता भएको हो।

सम्झौता पत्रमा स्टक ब्रोकर्स एसोसिएसनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एसोसिएसनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका हुन्।

दुई संस्था मर्जरसँगै स्टक ब्रोकर्स एसोसिएसनको नामबाट सञ्चालनमा आउने छ।

Read More