काठमाडौँ — नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो ।
भारतले स्वीकृती दिइसकेकोले शुक्रबार नेपाल, भारत र बंगलादेशका तीन जनै ऊर्जामन्त्रीले भर्चुअल रूपमा उद्घाटन गरेर बिजुली पठाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 'भोलि १२.४५ मा भर्चुअल माध्यमबाट उद्घाटन गरेर बंगलादेशमा बिजुली पठाउँछौं,' उनले भने, 'यस वर्षका लागि भोलि राति १२ बजेसम्म मात्रै बिजुली बेच्छौं ।'


