करिब एक वर्षदेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्षको लागि तीन जनालाई अन्तर्वार्ताको लागि बोलाइएको हो।
सिफारिस समितिको छनोटमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाइँ र कृष्णबहादुर कार्कीलाई मंसिर ९ गते बिहान ८ बजे व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वाताको लागि बोलाइएको हो।
सो पदमा करिब १९ जनाको आवेदन परेको भए पनि छानिएका पाँच जनामध्ये दुई जना मात्रै प्रस्तुतिको लागि गएपछि यो प्रक्रिया लामो समयदेखि अड्किदै आएको छ।



