रसुवा सुक्खा बन्दरगाहको भौतिक प्रगति ६५ प्रतिशत


  • Himalayan Bank Limited (HBL)
रसुवा सुक्खा बन्दरगाहको भौतिक प्रगति ६५ प्रतिशत

२७ कात्तिक, काठमाडौं । सुक्खा बन्दरगाहको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ ।

चीनसँग सीमा जोडिएको नेपालको उत्तरी नाका रसुवा जिल्लाको टिमुरेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण भइरहेको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार २ जेठ २०८२ सम्म सक्ने गरी ठेक्का लागेकोमा तोकिएको समयमा निर्माण कार्य सक्ने गरी काम भइरहेको छ ।

रसुवामा ५० हजार ९ सय वर्गमिटर क्षेत्रफलमा सुक्खा बन्दरगाह बन्दैछ । यस सुक्खा बन्दरगाहमा संयुक्त निरीक्षण सेड, सामान राख्ने गोदाम, लिटिगेसन सेड, क्यान्टिन, प्रशासनिक भवन र ३ सय सवारी अट्ने पार्किङ लगायत भौतिक संरचना निर्माण भइरहेको समितिले जनाएको छ ।

Read More