सरकारले समस्याग्रस्त सहकारीहरूबाट बचतकर्ताहरूको रकम फिर्ता गर्न सुरू गरेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक अर्ब ५१ करोड ५३ लाख ३६ हजार आठ सय ९९ रुपैयाँ बचतकर्ताहरूलाई फिर्ता दिएको हो।
कतिपय पीडितहरूले पैसा फिर्ता पाउन थालेपछि, अरू बचतकर्ताहरूको पनि चासो बढेको छ— हामीले कहिले पाउँछौं पैसा फिर्ता?
कुनै पनि सहकारीले पैसा फिर्ता गरेको छैन वा बदमासी गरेको छ भने त्यो सहकारीलाई सरकारले सबैभन्दा पहिले समस्याग्रस्त घोषणा गर्नुपर्छ। अनि त्यो सहकारीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुपर्छ। त्यसपछि मात्र सो समितिले त्यो सहकारीको ऋण र सम्पत्ति परिचालन गरेर बचत फिर्ता गर्ने प्रक्रिया सुरू गर्छ।



