पेट्रोलियम अन्वेषण : ७ महिनामा ८० प्रतिशत काम


  • Himalayan Bank Limited (HBL)
पेट्रोलियम  अन्वेषण : ७ महिनामा ८० प्रतिशत काम

दैलेख — दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणको काम ८० प्रतिशत सम्पन्न भएको छ । भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेबाट सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको काम ८० प्रतिशत सम्पन्न भएको हो ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा दिनेश त्रिपाठीले अन्वेषणको काम ८० प्रतिशत सम्पन्न भएसँगै सकारात्मक संकेत देखिएको बताए । कार्यालयका अनुसार ड्रिलिङको काम ३ हजार १ सय मिटर पुगेको छ भने अन्वेषणका लागि ४ हजार मिटरदेखि ४ हजार ५ सय मिटरसम्म जमिनमुनि ड्रिलिङ पाइप पुराउनु पर्ने हुन्छ ।

Read More