काठमाडौं : मंगलबार भारतीय सेयर बजारमा आएको तीब्र गिरावटले लगानीकर्ताहरुको ५.२९ लाख करोड भारतीय रुपैयाँ बराबरको सम्पति घटेको छ । मंगलबार (नोभेम्बर १२) बीएसई सेन्सेक्स सूचकांक ८२० अंकले (१.०३ प्रतिशत) घटेको थियो । जसकारणले ५.२९ करोड रुपैयाँ बराबरको बजार पुँजीकरण घटेको हो । त्रैमासिक नाफामा कम वृद्धि, निरन्तर विदेशी कोष निकासीलगायतका कारणले सेयर बजारमा गिरावट आएको द हुन्दुले जनाएको छ ।





