भैरहवा : पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी, संगठित अपराध कसुरमा दोस्रो दिनको बयान सुरु भएको छ। मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा दिउँसो एक बजेदेखि सुरु गरिएको बयान साँझ भएपछि बुधबार बिहानदेखि पुनः बयान सुरु गरिएको प्रहरीले जनाएको छ । मंगलबार साँझ बयान स्थगित पश्चात् बाहिरने क्रममा लामिछानेले समर्थक र संचारकर्मीलाई देखेर ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रक्रिया दिएपछि प्रहरीले बुधबार थप सतर्कता अपनाउँदै प्रहरी घेराभित्र सरकारी वकिल कार्यालयमा पुर्याएको छ ।



