सरकार औद्योगिक पूर्वाधार निर्माणमा


  • Himalayan Bank Limited (HBL)
सरकार औद्योगिक पूर्वाधार निर्माणमा

काठमाडौं– जग्गाको अत्यधिक मूल्यका कारण लगानी गर्न कठिन भएको गुनासो निजी क्षेत्रले बारम्बार गरेपछि सरकार नै औद्योगिक पूर्वाधार निर्माणमा जुटेको छ । उद्योग स्थापना गर्न जग्गा प्राप्ति चुनौतीपूर्ण बन्दै गएपछि सरकार आफैं पूर्वाधार निर्माणमा जुटेको हो ।

उद्योगी–व्यवसायीले जग्गाको महँगो मूल्यका कारण औद्योगिक लागत बढेको तथा उत्पादित वस्तुहरु प्रतिस्पर्धी बन्न नसकेको गुनासो गरिरहँदा सरकारले एकीकृत पूर्वाधार निर्माणलाई तिव्रता दिइरहेको छ । औद्योगिक क्षेत्र विस्तार तथा नयाँ निर्माण, विशेष आर्थिक क्षेत्र, औद्योगिक ग्रामलगायत अवधारणामा काम भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

Read More