नेपालमा डीएफआईको लगानी बढ्दै


  • Himalayan Bank Limited (HBL)
नेपालमा डीएफआईको लगानी बढ्दै

काठमाडौं । देशले आवश्यक लगानीका लागि लामो समयदेखि स्रोतको अभाव भोगिरेका बेला विभिन्न विकास वित्तीय संस्थाहरू (डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युशन–डीएफआई) हरूले नेपालमा लगानी बढाउन थालेका छन् । 

डीएफआई विकासोन्मुख देशका परियोजनाहरूमा लगानी गरी आर्थिक विकासमा सहयोग गर्ने विशेष संस्था हुन् । यिनले अन्य अन्तरराष्ट्रिय वित्तीय संस्थाले लगानी गर्न जोखिमयुक्त मानेको देशमा लगानी गरी वैकल्पिक स्रोत उपलब्ध गराउँछन् । 

नेपालले परम्परागत रूपमा विश्व बैंक, एशियाली विकास बैंक जस्ता बहुराष्ट्रिय विकास साझेदारबाट वित्तीय स्रोत जुटाउन शुरू गरे पनि पछिल्लो समय द्विपक्षीय विकास वित्त संस्थाहरू (डीएफआई)को पनि संलग्नता बढ्दै गएको छ, जसमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई), डच उद्यमशील विकास बैंक (एफएमओ), अमेरिकाको विकास वित्त निगम (डीएफसी), फिन फन्ड, स्वीस फन्ड, डच ग्रोथ फन्ड, जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका) लगायत संस्थाको लगानी पनि बढ्दै गएको छ । 

Read More