चाँदीलाई पछि पार्दै बिटक्वाइन बन्यो विश्वको आठौं ठूलो सम्पत्ति, मूल्य १ लाख नजिक


  • Himalayan Bank Limited (HBL)
चाँदीलाई पछि पार्दै बिटक्वाइन बन्यो विश्वको आठौं ठूलो सम्पत्ति, मूल्य १ लाख नजिक

काठमाडौं । चाँदीलाई पछि पार्दै बिटक्वाइन विश्वको आठौं ठूलो सम्पत्ति बनेको छ । बिटक्वाइनको हालको बजार पूँजीकरण १.७५२ ट्रिलियन अमेरिकी डलर पुगेको छ। अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजय भएपछि उनका नीति क्रिप्टो-अनुकूल बन्नस्कने अपेक्षाको प्रभावका कारण बिटक्वाइनको मूल्य पछिल्लो २४ घण्टामा ९% ले बढेर ८८ हजार ५७० डलर पुगेको छ।

बिटक्वाइनले चाँदीलाई मात्र होइन अन्य प्रमुख कम्पनीहरूलाई पनि पछि पारेको छ। यसको बजार पूँजीकरणले मेटा प्लेटफर्म्स (१.४७२ ट्रिलियन), टेस्ला (१.१२३ ट्रिलियन), र वारेन बफेटको बर्कशायर ह्याथवे (१.००७ ट्रिलियन) लाई पनि पार गरेको छ।

Read More