काठमाडौं : मोतिलाल ओसवाल फाइनान्सियल सर्भिसेसले (एमओएसएल) ले भारतमा अक्टोबर, २०२४ सम्म कुल डिम्याट खाता संख्या १७ करोड ९० लाख पुगेको रिपोर्ट गरेको छ । यद्दपि, नयाँ खाता खोलिने दरमा भने कमी आएको छ । अक्टोबर २०२४ मा नयाँ डिम्याट खाता ३५ लाख थपिएको लाइभ मिन्टले जनाएको छ । जुन चालु आर्थिकको वर्षभरिको औसत मासिक ३९ लाखको तुलनामा कम हो ।



