कुलमानलाई बर्खास्तको तयारी, ६ बुंदे स्पष्टीकरणको जवाफ दिने आज अन्तिम दिन


  • Himalayan Bank Limited (HBL)
कुलमानलाई बर्खास्तको तयारी, ६ बुंदे स्पष्टीकरणको जवाफ दिने आज अन्तिम दिन

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ। यही कात्तिक १३ गते ऊर्जा सचिव सुरेश आचार्यले बिदा बाहेक सातदिनको म्याद दिएर घिसिङलाई ६ बुंदे स्पष्टीकरण पत्र पठाएको स्रोतले जनाएको छ। 

६ बुंदे स्पष्टिकरणमा यसअघि सोधिएको स्पष्टीकरणको जवाफ समयमा नदिनुको,  डेडिकेटेड र ट्रंकलाइनको महसुल समयमै नउठाउनुको लगायतका बिषयबारे सोधिएको छ। 

६ बुंदे स्पष्टीकरण जवाफ पठाउने आज अन्तिम दिन भएपनि हालसम्म घिसिङले यसको जवाफ नपठाएको ऊर्जा मन्त्रालयले जनाएको छ । प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले कुलमानलाई ६ बुंदे स्पष्टिकरण सोधिएकोबारे पुष्टि गरेका छन्। 

Read More