लामो समयको चर्चापछि साना तथा मझौला कम्पनीहरूको सेयर निस्कासन र कारोबार प्रक्रिया सम्बन्धी नियमावली मन्त्रिपरिषदमा पेस भएको छ।
केही महिनाअघि मन्त्रिपरिषदमा पुगेको यस नियमावलीमा अहिले चलिरहेको निस्कासन र सेयर कारोबार प्रक्रियाभन्दा फरक प्रक्रिया अपनाइने उल्लेख छ।
प्रस्तावित नियमावली अनुसार २५ करोड रूपैयाँभन्दा कम चुक्ता पुँजीका कम्पनीहरूले यस नियमावली अनुसार सर्वसाधारणमा सेयर जारी गर्न सक्छन्। यस्तो सार्वजनिक सेयर निस्कासनपछि कम्पनीको चुक्ता पुँजी बढीमा २५ करोड रूपैयाँ मात्रै हुनुपर्ने व्यवस्था छ। कम्पनीको संस्थापकहरूको सेयर स्वामित्व ७० प्रतिशतभन्दा बढी वा ५१ प्रतिशतभन्दा कम नहुने गरेर बाँकी सेयर सर्वसाधारणमा निस्कासन गर्न सकिने व्यवस्था छ।





